जसपा

काठमाडौँका मधेसीलाई समेट्न टास्क फोर्स

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौँ उपत्यकामा बसोबास गर्ने मधेसी र दलित समुदायलाई पार्टीमा आवद्ध गर्न 'टास्क फोर्स' गठन गर्ने भएको छ ।  'जनतासँग जसपा नेपाल:आधारभूत संगठन निर्माण अभियान' अन्तर्गत काठमाडौँ उपत्यकामा संगठन विस्तारका लागि छुट्टाछुट्टै दुइवटा टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो । माघ १९, २० र २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयबारे पार्टीपंतिलाई जानकारी गराउन जारी गरिएको परिपत्रमा सो क…