‘नाम सुब्बीनी, के खाएर उभिनी’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तस्कर र विदेशी ठेकेदारलाई पोस्न सरकारले अनेक हतकण्ड अपनाइरहेको टिप्पणी गर्नुभएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको नीजिकरणसम्बन्धी विधयेकउपर विरोध प्रस्ताव राख्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ शब्दलाई स्मरण गर्न पनि आग्रह गर्नुभयो ।
‘संविधानमा चाहिँ समाजवाद उन्मुख भनेर लेख्ने, अनि राजनीति गर्नेहरु चाहिँ पैस…