राहत

राहत वितरणमा खटिएका उपप्रधानमन्त्री पुनर्निर्माणको थालनीपछि मात्रै फर्किने

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावितका लागि लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्प पीडितको उद्धारमा सरकारले प्रभावकारी भूमिका देखाए पनि राहत वितरणमा सर्वसाधारणको गुनासो बढेपछि उहाँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो । उपप्रधानमन्त्री खड्काले आज गाउँपालिकाको वडा नम्बर ३ मा पुगेर राहत सामाग्री हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि सहभागी हुनुहुन्थ्यो । …