काठमाडौँमा भोट घटेकोमा एमाले गम्भीर
सत्तारुढ नेकपा एमालेले शहरी जनमत पार्टीतर्फ फर्काउन नसकेको निष्कर्ष निकालेको छ ।
आज बसेको सचिवालय बैठक गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गर्दै उक्त निचोडमा पुगेको हो । काठमाडौँ-१६ र कीर्तिपुरको परिणामलाई गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘यो परिणामलाई हामीले गम्भीरतापूवर्क लिएका छौं,’उनले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्य…