बैठक

माओवादीको पदाधिकारी बैठक बस्दै,चारवटा विषयमा छलफल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुनेछ ।  त्यस्तै, अहिले जारी जनतासँग माओवादी विशेष अभियानको पनि आजको बैठकले समीक्षा गर्ने जनाइएको छ । अभियान यही पुस १५ गते समापन हुँदै छ ।

Page 1 of 5