टोली

ओमानी अधिकारीहरु नेपाली श्रमबारे छलफल गर्दै

ओमानको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । दोहाबाट कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मा अपरान्ह पौने ५ बजे आइपुगेको टोलीले श्रमलगायत विभिन्न सम्झौताका मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ ।  ओमानको विदेश मन्त्रालयका प्रतिनिधिहरु रहेको टोलीमा विदेश मन्त्रालयको कानुन विभागका प्रमुख तथा राजदूत सुलेमान साउदी अलि अजिज अज जाब्री, शाही ओमान प्रहरीका कमाण्डर मोहम्मद नासिर सुलेमान अल किन्डी, कन्सुलर विभागका प्रमुख तथा राजदूत जासिम इद अब्दुल्लाह अल सादी छन् । …