प्रधानमन्त्रीले हस्तक्षेप नभएको बताए पनि कर्मचारीहरुको नाराबाजी
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको साधारण सभा तथा नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्रिवि नियुक्तिमा आफ्नोतर्फबाट कुनै हस्तक्षेप नरहेको दावी गर्नुभएको छ ।
विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले डिन नियुक्तको प्रसंग निकाल्दै भन्नुभयो, ‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन । कुलपतिले…