अटेरी ‘राजा’
नयाँ वर्षका पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशको श्रव्यदृश्य भाग जुन स्टुडियोमा खिचेर प्रसारण गरिएको छ, त्यसको पृष्ठभूमिमा उनलाई ‘श्री ५ महाराजाधिराज’ भनी उल्लेख गरिएको छ । ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ वर्ष २०८२ को अवसरमा बक्सेको शुभकामना’ भन्ने वाक्यांशले उनी र उनबाट नेपाली जनतालाई (धन्न यसपालि ‘प्यारा देशवासी’ भन्ने वाक्यांश परेको छैन) शुभकामना दिलाउन व्यवस्थापन गर्ने समूह अस…