मेयरको प्रशंसामा १० लाख झ्वाम
रौतहटको कटहरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह भ्रष्टाचारमा तानिएका छन् ।
डकुमेन्ट्रीका नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा उनीसहित सात जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौं राम नरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदारहरु कौशलकिशोर चौधरी, छोटेलाल मिश्र र सरिता फाउण्डेश…