नेपाल स्वास्थ्य व्यवसायी परिषद्

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा आधाभन्दा बढी फेल

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को एघारौं नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सोमबारदेखि हिजोसम्म सञ्चालित लाइसेन्स परीक्षाको सार्वजनिक नतिजाअनुसार ५० प्रतिशत परिक्षार्थी अनुतीर्ण भएका छन् । स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औसतमा हेर्दा यस पटक ४४ दशमलब ७४ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएको देखिन्छ । स्नातकोत्तर तहमा ४५ दशमलब ९८ प्रतिशत, स्नातकमा ६५ प्रतिशत ६५ प्रतिशत र प्रमाणपत्र तहमा २२ दशमलब ५९ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।  …