सुरक्षा

सुनभन्दा जनताको सूचना चोरी सानो हो सरकार ?

सुन–चाँदीभन्दा महँगो हुन्छ, नागरिकको सुरक्षा र वैयक्तिक स्वतन्त्रता । यही नाममा तस्करी भयो, भन्सारले कारबाहीको निम्ति प्रधानमन्त्री मातहतको अड्डालाई चिठी नै लेख्यो । तर अहिलेसम्म पनि कोही बोल्दैनन् । माघमा इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन हालेर ल्याइयो । साउनमा मोटरसाइकलको ब्रेकसुभित्र पनि सुन हालेर ल्याइने गरेको भेद खुल्यो । ढिलै भए पनि ती तस्करीका कसुरदार कानुनी दायरामा आउँदै छन् । तर, भेपमा सुन हालेकै बेला, अर्थात् पुस–माघतिरै अर्बौं रकमको अर्काे खेलो चल्यो । त्य…