साहित्य

भीषण लुकामारी

हिमालहरु हाँसेनन् मिर्मिरे बिहानी हुँदा पनि घामको झुल्को नदेखिँदै एकोहोरो बज्छ शंख  लाश बोकेर बित्छ दिन मानिसहरु  हैरान  छन् मृत्युसँग पराजित भएपछि । लाटकोसेरो एकोहोरो कराउँछ कुकुर एकोहोरो रुन्छ   गौंथलीहरु बेगिन्छन्  परेवा घुर्न छोड्छ  म शोक धुन बजाउँछु मृत्यु गीत गाउँदै । मलाई जीवन प्रिय छ  अप्रिय लाग्छ मृत्यु  मैले पूरा गर्नु छ आमाको सपना विगत सम्झेर भक्कानिन्छिन आमा, खसम मृत्युले खोसेपछि  बिध…