भृकुटीमण्डपमा ‘बारपाक फोटो प्रदर्शनी’
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा ‘बारपाक फोटो प्रदर्शन, २०२५’ जारी छ । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको महाभूकम्पपछि पुनःनिर्माण गरिएको बारपाकको फोटो तथा कुण्डलिनी कला प्रदर्शनी गरिएको हो ।
हिजोबाट शुरु भएको प्रदर्शनी भोलिसम्म चल्नेछ । प्रदर्शनीमा फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सनाले खिचेको बारपाकको फोटोहरु राखिएको छ । बोर्डका अनुसार गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गरिएको हो ।
प्रदर्शनी…