सुरक्षाको ग्यारेन्टी
चुनावको वातावरण बनाउन मन्त्रीहरूले एमाले र कांग्रेसका नेताहरूलाई भेटिरहेका छन् । त्यस्तो भेटमा नेताहरूको एउटै मात्र कुरा हुन्छ– सुरक्षाको ग्यारेन्टी हुनुपर्यो, त्यसपछि चुनावमा भाग लिन्छौं ।
मुख्य कुरा नै सुरक्षाको ग्यारेण्टी हो । सुरक्षाको ग्यारेन्टी भन्ने सुनेर म आश्चर्यमा परेको छु । किनभने चुनाव हुँदा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना सक्षम छन् भन्ने कुरा त दलहरूलाई थाहै थियो । ती निकायलाई प्रयोग गरेर उनीहरू आफैले कतिपटक चुनाव गरिसके । अब तिन…