शहरभित्र

कांग्रेसमा नयाँ नेता

अन्ततः कांग्रेसमा मै हुँ भन्ने एउटाको जन्म भएको छ । त्यो पनि कोइराला खेमाबाट । उहाँ हुनुहुन्छ डा. शेखर कोइराला । कांग्रेसमा कोइराला भनेपछि उहाँ त जन्मजातै नेता हुनुपर्ने हो । तर, बीचमा आएको अलिकति प्राविधिक गड्बडीले गर्दा अलि पछि मात्रै नेता बन्न पाउनुभयो । नेता त्यसै बनिँदैन । त्यसको लागि केही खुबी देखाउनुपर्ने हुन्छ । उहाँले आफ्नो खुबी भर्खरै देखाउनुभयो । कोशीमा पार्टीका विद्रोही सांसदलाई मुख्यमन्त्री बनाइदिनुभयो । शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री बनाउन लाग्नु…