शहरभित्र

सुन र बालुवाको कथा

एयरपोर्टमा सुन समातियो । तर, कसको हो थाहै छैन । एउटा काइँयो मात्रै हराउँदा पनि मेरो मेरो भनेर दाबी गर्ने ठाउँ हो नेपाल । तर, अहिले सय सय किलो सुन भेटिँदा पनि कसैले दाबी गर्दैन त । यसो सोचेँ म आफैँ पो दाबी गरिदिऊँ कि !  प्रहरीसमक्ष गएर भनेँ, ‘सर, अस्ति समाएको सय किलो सुन जो छ, त्यो मैले ल्याएको हुँ । त्यो मेरो सुन हो ।’ ‘हँ ?’, प्रहरीको हाकिमले मलाई खाइदिऊँ नै झैं गरी हेरे, ‘तपाईंको ? कसरी तपाईंको भयो ? कहाँबाट ल्याउन…