मादुरो नफर्केसम्म अमेरिका विरोधी प्रदर्शन जारी
राष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भेनेजुएलाको राजधानी काराकासमा मजदुरहरूले प्रदर्शन गरेका छन् । अमेरिकी सैन्य बलले जनवरी ३ मा मादुरो दम्पतीलाई नियन्त्रणमा लिएपछि देशभर लगातार १२औँ दिनसम्म प्रदर्शन जारी छ ।
प्रदर्शनकारीहरूले अमेरिकालाई आफ्ना राष्ट्रपति रिहा गर्न दबाब दिन सडक आन्दोलन चर्काएका हुन् । उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै मादुरोलाई नियन्त्रणमा लिएकोमा कडा विरोध गरेका छन् ।
अमेरिकी कदमलाई भेनेजुएलाको राष्…