छिमेकी मित्रराष्ट्र चीनमा परम्परागत नयाँ वर्ष नजिकिँदै गर्दा मानिसहरू उपहार र पर्वसँग सम्बन्धित सामग्री किनमेलमा व्यस्त देखिन्छन् । त्यसमध्ये सुनको गहनाहरू पनि प्रमुख छन्।
आगामी फेब्रुअरी १७ देखि चीनको परम्परागत वसन्त चाड र नयाँ वर्ष शुरु हुँदैछ । आगामी वर्ष घोडा वर्ष भएकाले धेरैजसो गहना पारखीहरु सुनको घोडाप्रति आकर्षित देखिन्छन् । उत्तर पश्चिम चीनको शान्सी प्रान्तको एक पसलमा घोडाको परम्परागत चित्रदेखि कार्टुन शैलीका डिजाइनसम्म देख्न सकिन्छ । यसले हरेकको रुची अनुसार विकल्प दिएको छ ।
‘चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा, मुख्यतः मेरो बच्चाका लागि घोडा आकारको गहना किन्ने योजना छ ।’
सुनको मूल्य विश्व बजारमा ऐतिहासिक रुपमा उच्च स्तरमा पुगेपछि, यो वर्ष हल्का र कमलागतका डिजाइन र गहना विशेष लोकप्रिय छन्।
सुन पसलका एकजना कर्मचारीे झाओ हुइ भन्छन्, ‘ यो वर्ष ग्राहकहरुले १० ग्रामभन्दा कमको डिजाइन रोजेका छन् । यसले राम्रो मूल्य दिएको छ । हामीसँग ‘घोडा वर्ष’ का करिब २० डिजाइन छन् । गत महिनासँगको बिक्री परिमाण तुलना गर्दा दोब्बर वा तीन गुणा बढेको छ।’
यो वर्षको चिनियाँ नयाँ वर्ष वा वसन्त चाड शुरु हुन अझै तीन हप्ता बाँकी छ । त्यो बेलासम्म किनमेलको चहलपहल अरु बढ्ने अपेक्षा गरिएको छ।
स्रोत : सिसिटिभी प्लस ।