भारतमा फैलिएको निपाह भाइरसको प्रकोप नियन्त्रणमा चिनियाँ औषधि सहयोगी हुने देखिएको छ । भारतको पश्चिम बंगाल राज्यमा गत महिनादेखि फैलिएको नयाँ महामारीबाट हालसम्म दुई जनाको ज्यान गएको र अन्य धेरै संक्रमित रहेको बताइन्छ ।
हालसम्म कुनै औषधि,खोप र निश्चित उपचार विधि पत्ता नलागेको यो घातक भाइरसविरुद्ध आशाजनक नतिजा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार निपाह भाइरसको संक्रमणमा मृत्युदर ७५ प्रतिशतसम्म पुग्ने गरेको छ।
हालसम्म निपाह भाइरसको कुनै उपचार नभए पनि चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका अनुसन्धानकर्ताहरूले भीभी ११६ नामक औषधिबारे महत्वपूर्ण निष्कर्ष सार्वजनिक गरेका छन् । कोभिड–१९ उपचारका लागि विकास गरिएको मुखबाट खाने एन्टिभाइरल यो औषधिले परीक्षणका क्रममा संक्रमितमध्ये करिब दुई तिहाइको ज्यान जोगाउन सफल भएको अनुसन्धानमा उल्लेख छ ।
अनुसन्धानअनुसार भीभी १६ प्रयोग नगर्दा प्राणघातकको सम्भावना अधिक हुन्छ । यद्यपि यो औषधि हालसम्म मानवमा निपाह भाइरस उपचारका लागि परीक्षण भइसकेको छैन । विज्ञहरूले थप अध्ययन,क्लिनिकल परीक्षण र अन्तर्राष्ट्रिय स्वीकृतिपछि मात्र यसलाई उपचारको विकल्पका रूपमा प्रयोग गर्न सकिने बताएका छन्।