सबै श्रेणीहरू

यता विध्वंश,उता सँस्कृतिको जगेर्ना

यता विध्वंश,उता सँस्कृतिको जगेर्ना

विश्वभरकै नयाँ पुस्ताले उमेरको हिसाबले मात्र नभएर सोच,व्यवहार र जीवनदृष्टिकोणका हिसाबले पनि फरक पहिचान निर्माण गर्दैछ । यो पुस्ता आत्मविश्वासी,व्यवहारिक,समावेशी र परिवर्तनप्रति सकारात्मक देखिन्छ । यही पुस्ताले राष्ट्रप्रेम,करियर,उपभोग र जीवनप्रतिको दृष्टिकोणमा स्पष्ट रूपान्तरणको संकेत दिएको छ। 

तर यो रूपान्तरण संसारभर समान दिशामा अघि बढिरहेको पाइँदैन । कतै युवाहरू सिर्जनशील बनेर भविष्य निर्माणमा जुटिरहेका छन् त कतै असन्तोष,आक्रोश र विध्वंशमा अल्झिएका पाइन्छन् । यही सन्दर्भमा छिमेकी चिनियाँ युवाको यात्रा र नेपालमा पछिल्लो चार महिनादेखि देखिएको जेन–जी पुस्ताको व्यवहारमा आकाश जमिनको फरक भेटियो ।

विश्वभरका नयाँ पुस्ताको प्रमुख विशेषता भनेको खुला र आत्मविश्वासी विश्वदृष्टि हो। समानता,सहअस्तित्व र अतिवादविहीन सोच उनीहरूको पहिचान बन्दै गएको छ । यो दृष्टिकोण राष्ट्रप्रेममा पनि स्पष्ट देखिन्छ। चीनमा ९९.४४ प्रतिशत विश्वविद्यालयका विद्यार्थीले देशको आधुनिकीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने बिचार  व्यक्त गरेका छन् ।

। ६५.७२ प्रतिशत युवाले बिदाको समय स्वयंसेवा तथा सामाजिक सेवामा प्रयोग गरिएको जनाएका छन् । अर्को एक सर्वेक्षणमा ९४.०३ प्रतिशत युवाले अन्धो राष्ट्रवादभन्दा ‘युक्तिसंगत देशप्रेम’ नै उपयुक्त हुने बताएका छन् । उनीहरुले आफ्ना कमजोरी स्वीकार्ने,सुधारको पक्षमा बोल्ने र विश्वसँग समान हैसियतमा संवाद गर्न चाहने पनि बताएका छन् ।

डिपसिक जस्ता एआई कम्पनीमा ७५ प्रतिशतभन्दा बढी कर्मचारी १९९० पछिका युवा छन् भने युनिटी टेक्नोलोजीमा कर्मचारीको औसत उमेर ३० वर्ष मात्र छ ।

योसँगै,सांस्कृतिक आत्मविश्वास पनि नयाँ पुस्ताको बलियो आधार बनेको छ । चीनमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण,परम्परागत सौन्दर्य र आधुनिक डिजाइनको संयोजनले नयाँ ट्रेण्डलाई अघि बढाएको छ। यसले संस्कृतिलाई दैनिक जीवनमा जीवित र प्रयोगयोग्य बनाउनुपर्ने सन्देश दिएको छ । यो प्रवृत्ति नेपालजस्ता सांस्कृतिक रूपमा धनी देशका युवाका लागि पनि महत्वपूर्ण प्रेरणा हुन सक्छ,तर त्यसतर्फ हामी झन टाढा पुगेका छौं ।

चीनमा नयाँ पुस्ताले करियरको सवालमा पनि पुरानो ‘सफलता’को परिभाषा तोडिरहेको छ। सफलता अब केवल स्थायी जागिर,ठूलो पद वा शहरको रहरमा सिमित छैन । चिनियाँ युवाहरूको सूचना प्रविधि र नवप्रवर्तनमा देखिएकोे अग्रसरता उल्लेखनीय छ । 

डिपसिक जस्ता एआई कम्पनीमा ७५ प्रतिशतभन्दा बढी कर्मचारी १९९० पछिका युवा छन् भने युनिटी टेक्नोलोजीमा कर्मचारीको औसत उमेर ३० वर्ष मात्र छ । त्यस्तै,अमेरिकाको एमआईटी टेक्नोलोजी रिभ्युको २०२५ को सूचीका ३५ मध्ये २५ जना चिनियाँ वैज्ञानिक र उद्यमी पर्नु विश्वस्तरीय प्रतिस्पर्धात्मक क्षमताको प्रमाण हो । यसले उमेरभन्दा क्षमता,सिर्जनशीलता र समस्या समाधान गर्ने सोचलाई प्राथमिकता दिने संस्कार बलियो बन्दै गएको देखाउँछ ।

करियरको विविधतामा पनि नयाँ पुस्ता अघि पुगेको छ । त्यहाँ सन् २०२१ यता १ लाख ६५ हजारभन्दा बढी स्नातक युवाहरू कृषि,शिक्षा,स्वास्थ्य र ग्रामीण पुनर्जीवनका कार्यक्रमअन्तर्गत गाउँमा सक्रिय भएका छन् । ग्रामीण पर्यटन,गेस्टहाउस सञ्चालन, लाइभ–स्ट्रीमिङ र ई–कमर्समार्फत युवाहरूले गाउँमै रोजगारी र सम्भावना सिर्जना गरिरहेका छन् । यो प्रवृत्ति करियरलाई व्यक्तिगत सफलता मात्र होइन, सामाजिक योगदानसँग जोड्ने सोचको द्योतक भएको बताइन्छ ।

जीवनभर सिकाइ पनि नयाँ पुस्ताको अर्को महत्वपूर्ण विशेषता हो । हालैको अर्को एक सर्वेक्षणमा ९३.५ प्रतिशत चिनियाँ युवाले रोजगारीपछि पनि निरन्तर सिकाइ जारी राखेको पाइएको छ । ८८ प्रतिशतले ज्ञान वा सीप विकासका लागि रकम खर्च गरेका छन् । पेशागत सीपसँगै इतिहास,कला र संस्कृतिप्रतिको रुची बढ्नु यसैको उदाहरण हो । चीनका राष्ट्रिय संग्रहालयहरुमा ६० प्रतिशतभन्दा बढी आगन्तुक ३५ वर्षमुनिका हुने गरेका छन् । साङ्हाइ संग्रहालयमा आगन्तुकको औसत उमेर ३० वर्षभन्दा कम हुनुले युवाको आत्मिक समृद्धिप्रतिको खोज दर्शाउँछ।


त्यसैगरी चीनमा नयाँ पुस्ताको उपभोग संस्कार पनि परिवर्तन हुँदै गएको देखिन्छ । महँगोभन्दा उपयुक्त वस्तु रोज्ने,अनावश्यक उपभोग घटाउने र दिगो जीवनशैली अपनाउने सोच बलियो बन्दै गएको सकारात्मक नतिजा वातावरण संरक्षणमा परेको छ । चीनमा सेकेन्ड ह्याण्ड सामानको बजार तीव्र गतिमा बढिरहेको छ । २०२५ को पहिलो छ महिनामै चीनको सेकेण्ड ह्याण्ड ई–कमर्स कारोबार १.९५ ट्रिलियन युआन नाघेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा १७.६५ प्रतिशतले बढी हो । सामानहरुको पुनःप्रयोग,डिआई संस्कृति र ‘फोहोरलाई आम्दानीको स्रोत बनाउने’ सोच युवामाझ लोकप्रिय बन्दै गएको छ।

योसँगै,उत्तरी छिमेकका युवा पुस्ता भावनात्मक सन्तुष्टि र अनुभवमा खर्च गर्न पनि इच्छुक देखिन्छन् । यात्रा,कला,संगीत,स्वास्थ्य र आत्मविकासमा गरिएको खर्चलाई उनीहरू जीवनको गुणस्तरसँग जोडेर हेर्छन् । विवाह र अभिभावकत्वमा पनि परम्परागत दबाबभन्दा गुणस्तरलाई प्राथमिकता दिने सोच बलियो भएको छ । विवाहलाई सामाजिक अनिवार्यता होइन, भावनात्मक समझदारीको साझेदारीका रूपमा हेर्ने र सन्तान जन्मलाई वैज्ञानिक पालनपोषण र जिम्मेवारीसँग जोड्ने दृष्टिकोण विकसित हुँदै गएको पाइन्छ ।

६५.७२ प्रतिशत युवाले बिदाको समय स्वयंसेवा तथा सामाजिक सेवामा प्रयोग गरिएको जनाएका छन् । अर्को एक सर्वेक्षणमा ९४.०३ प्रतिशत युवाले अन्धो राष्ट्रवादभन्दा ‘युक्तिसंगत देशप्रेम’ नै उपयुक्त हुने बताएका छन् ।

आजको नयाँ पुस्ता तनावसँग जुध्न हास्यरसलाई प्रयोग गर्छ भने आत्म–व्यङ्ग्यबाट दबाब कम गर्दै नयाँ शैलीमार्फत यथार्थसँग सम्झौता गर्ने मापदण्ड बनाइएको छ । यसले उनीहरूको जीवन र दैनिकीलाई लचिलो,सहानुभूतिशील र जीवन्त बनाएको छ । तर यही लचकता जब दिशाहीन आक्रोशमा रूपान्तरण हुन्छ,तब त्यसले विध्वंश र नकारात्मकतालाई प्रश्रय दिन सक्छ—त्यसको उदाहरण नेपालमा देखिएको जेन–जी आक्रोश र विध्वंशलाई लिन सकिन्छ ।

चीनमा नयाँ पुस्ता न त परम्परादेखि टाढिएको छ, न त आधुनिकतामा हराएको छ । उनीहरू परम्परा र परिवर्तनबीच सन्तुलन खोज्दै,आत्मविश्वासका साथ विश्वसँग संवाद गरिरहेका छन् ।