सबै श्रेणीहरू

चुनावी बजारमा विवेकको परीक्षा

चुनावी बजारमा विवेकको परीक्षा

चुनाव आउँदा कोही पनि पूर्ण रूपमा निष्पक्ष हुन सक्दैन। तर कसको पक्ष लिने भन्ने धारणा बनाउनु र छान्नु अत्यन्त कठिन विषय हो। कोही पनि तटस्थ बस्न नसक्दा विवेकको प्रयोग मतदातासामु ठूलो चुनौती हुन्छ। चुनावी बजारमा खसी–मण्डा जस्तै किनबेचको आवाज चर्को हुन्छ। कार्यकर्ता सोचको नेतृत्व पार्टीले गर्छ, त्यसैले विवेक खर्च गर्नुपर्दैन। तर नागरिक बन्नु अत्यन्त कठिन हुन्छ।

सबैसँग बुद्धि र विवेक त हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा नै मुख्य हो। चुनावी बजारमा घृणा, उत्तेजना, आवेग, प्रतिक्रिया, डर र लोभ खुबै बिक्री हुन्छन्। कलामय प्रयोग गर्न जान्ने सबै कुरा यस बजारमा बिक्री हुन्छन्। जब नागरिक भीडमा परिणत हुन्छ, तब विवेकको निर्णय मालिकहरूले गर्छन्। अर्कोपक्ष, आवेग र प्रतिक्रियाले हाँकिने लम्पट समाजलाई नियन्त्रण गर्न र चलाउन मत्त हात्तीलाई माहुतेले चलाएझैँ सजिलो हुन्छ। विवेकको प्रयोग गर्दा हिंस्रक सिंहलाई पनि पिँजडामा थुन्न सकिन्छ।

सबैका इतिहास सबैसँगै यात्रा गरिरहेका हुन्छन्। जन्मपत्रीले मानिसको चाल, चित्र, चरित्र र नियत स्पष्ट गर्छ। सिद्धान्तको राजनीति सुविधा–केन्द्रित हुँदा इतिहास र पार्टी निरर्थक भए भन्ने भाष्य निर्माण हुँदैछ।

सिंहदरबारमा सरकार छैन र अंकगणित तथा बहुमतको कुनै अर्थ रहेन भन्ने कुरा भदौ २३ र २४ मा देखिएका उपद्रव, जलेको सिंहदरबार, बनेका ‘स्टेकहोल्डर’, त्यसका आयोजक र प्रायोजकबाट स्पष्ट भइसकेको छ। यी अब रहस्यमा रहेनन्। कानुनी पृष्ठभूमिकी सुशीला कार्की सरकारको पर्दा एक–एक गरी च्यातिइसकेको छ। जेन–जी सरकार रास्वपाप्रति नरम भएको प्रत्यक्षता सरकारी सफ्टवेयर प्रयोग गरेर तह लगाइँदैछ। स्वतन्त्र चेतकहरू निशानामा पर्दैछन्।

१) जेन–जी विध्वंशपछि पनि सोच भत्कन नसकेका पार्टीहरू। पार्टीभित्रै परिवर्तनको भाव राख्ने नेतृत्वले नयाँ प्रतिस्पर्धा गर्ने चुनौती । अहंकारको राजनीतिका सबैभन्दा बढी प्रभाव एमाले नेतृत्वमा देखियो ।

२) सार्वजनिक बहसबाट रास्वपाले अघि सारेको प्रधानमन्त्री नेतृत्वबारे बालेन शाहले बहस कार्यक्रममा भाग नलिनु—उनीसँग न त पर्याप्त तर्क छ, न स्पष्ट दृष्टिकोण र योजना—भन्ने कुरा स्पष्ट भयो। अझै पनि संगठित प्रचार र मनोयुद्धमा कलामय प्रयोग गरिँदैछ।

३) सरकारको न्याय र प्रशासनमाथिको हस्तक्षेप, संगठित अपराधका मुद्दा फिर्ता, र प्रशासनमाथि मानसिक आतंकको प्रयोग।

४) युवा हुनु र युवा चेत हुनु फरक कुरा हो। विचारविहीन नेतृत्वको हविगत यस संवेदनशील भूगोलमा आउने परिणाम थेग्न मुस्किल पर्नेछ।

५) कुलमान घिसिङको रास्वपाको १२ दिने यात्रा र डा. बाबुराम भट्टराईको गोर्खा चुनावमा उम्मेदवार बन्नु र फर्कनु—अभिभावकत्वको दाबीले दिएको सन्देश।

चुनावी माहौल बढ्दै गएपछि सामान्यतयाः कोही पनि पूर्णरुपमा निष्पक्ष रहन सक्दैन। कसको पक्ष लिने, दल र उम्मेदवारप्रति धारणा बनाउने र छनोट गर्ने विषय मतदाताका लागि सबैभन्दा कठिन परीक्षा हुन्छ । अधिकांश मतदाता तटस्थ बस्न नसक्ने अवस्थामा विवेकको प्रयोग सबैभन्दा ठूलो चुनौती बन्छ ।

चुनावी माहौलमा हाम्रो जस्तो तेस्रो विश्वमा खसी बजारमाझैँ किनबेचको आवाज चर्को हुने गरेको छ । कार्यकर्ताको नेतृत्व पार्टीले गर्ने भएकाले उनीहरुले विवेकको खर्च गर्नै पर्दैन। तर जनता बनेर निर्णय गर्न अत्यन्तै कठिन हुन्छ। सबैसँग बुद्धि र विवेक हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने नै मुख्य प्रश्न चुनावमा देखिन्छ ।

सिंहदरबारमा सरकार छैन र अंकगणित तथा बहुमतको कुनै अर्थ रहेन भन्ने कुरा भदौ २३ र २४ मा देखिएका उपद्रव, जलेको सिंहदरबार, बनेका ‘स्टेकहोल्डर’, त्यसका आयोजक र प्रायोजकबाट स्पष्ट भइसकेको छ।

चुनावी माहौलमा घृणा, उत्तेजना, आवेग, प्रतिक्रिया, डर र लोभको खुलेआम व्यापार हुने गरेको पाइन्छ । कला प्रयोग गर्न जान्नेहरूका लागि यी सबै सजिलै बिक्री हुने वस्तु हुन्छन् । जब नागरिक भीडमा रूपान्तरित हुन्छ, विवेकको निर्णय अरूले गर्छन् । आवेग र प्रतिक्रियाले हाँक्ने लम्पट समाजलाई नियन्त्रण गर्नु मत्त हात्तीलाई माउतेले चलाएजस्तै हुन्छ। तर विवेक प्रयोग गर्न सकिएको अवस्थामा हिंस्रक सिंहलाई पनि पिँजडामा थुन्न सकिन्छ।

सबैका इतिहास उनीहरूसँगै यात्रा गरिरहेका हुन्छन्। जन्म कुण्डलीले मानिसको चाल, चित्र, चरित्र र नियत प्रस्ट गर्छ। सिद्धान्तको राजनीति सुविधा र सत्ता फेरिँदा इतिहास र पार्टी दुवै निरर्थक बनेको भाष्य बलियो हुँदै गएको छ।

मुलुकमा सरकार नरहेको र संसदमा अंकगणित तथा बहुमतको कुनै अर्थ नरहेको विषय भदौ २३ र २४ मा देखिएका उपद्रव, जलाइएको सिंहदरबार, रातारात बनेका स्टेकहोल्डर, तिनका आयोजक र प्रायोजकबाट स्पष्ट भइसकेको छ। यसबीचमा कानूनी पृष्ठभूमिकी सुशीला कार्की नेतृत्वको सरकारको पर्दा क्रमशः च्यातिँदै गएको छ। जेन–जी सरकार रास्वपाप्रति नरम भएको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । अहिले स्वतन्त्र चेतनाहरू निसानामा परिरहेका छन्।

केही गम्भीर प्रश्नहरू

जेन–जी विध्वंशपछि पनि पूरातन सोच भत्कन नसकेका पार्टीहरूभित्रै परिवर्तनको भाव बोकेको नेतृत्वले नयाँ प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। अहंकारको राजनीतिले सबैभन्दा बढी प्रभाव एमाले नेतृत्वमा पारेको देखिन्छ ।

सार्वजनिक बहसमा रास्वपाले अघि सारेको आगामी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले बहसमा सहभागी हुन इन्कार गर्नुले उनीसँग स्पष्ट दृष्टिकोण, तर्क र योजना नरहेको संकेत हो। उक्त समूहले अझै पनि सामाजिक सञ्जालमा संगठित प्रचार र मनोयुद्धमा कलात्मक प्रयोग गरेको देखिन्छ ।

यसबीचमा सुशासनका लागि गठित भएिको सरकारद्वारा नै न्याय र प्रशासनमाथिको हस्तक्षेप, संगठित अपराधका मुद्दा फिर्ता, र प्रशासनमाथि मानसिक आतंक प्रयोग भइरहेको छ । युवा हुनु र युवा चेत हुनु फरक कुरा हो। विचारविहीन नेतृत्वको परिणाम यो संवेदनशील भूगोलमा थेग्न गाह्रो पर्ने लक्षणहरु देखिन थालेका छन् ।

कुलमान घिसिङको हालैको रास्वपामा १२ दिने यात्रा, डा. बाबुराम भट्टराईको गोरखा चुनावबाट एकाएक वहिर्गमनले आगामी दिनमा नयाँ खालको राजनीतिक समीकरण हुने अनुमान गर्न सकिन्छ ।