शहरभित्र

खसी, गाई र सांसद

अस्ति मात्रै काठमाडौंमा एक जना सांसदलाई खुकुरी हानियो । त्यो पनि गर्धनमै । खुकुरी गर्धनमै प्रहार गरेबाटै थाहा हुन्छ, यो सानोतिनो प्रहार होइन । यसलाई सांघातिक प्रहार नै भन्नुपर्छ । सांसदलाई शब्दले, गालीले प्रहार गर्नेहरू त प्रशस्तै छन् । अब खुकुरीले प्रहार गर्नेहरू पनि आउन थाले । खासमा गर्धनमा प्रहार गर्ने भनेको राँगा, भैंसी, खसी, बोकालाई हो । प्रहार गर्ने महानुभावले सांसदलाई पनि कतै खसी पो देखेछन् कि क्या हो ? खसीलाई प्रहार गर्न त पाइहालिन्छ । अथवा गाई पो देखेछन् कि ? यति…