‘केटो’ बेपत्ता

‘केटो’ बेपत्ता छ

काठमाडौंमा इन्द्रजात्राजस्तो ठूलो पर्व चलिरहेको छ, तर ‘केटो’ भने बेपत्ता छ । इन्द्रजात्रा मनाउन काठमाडौं महानगरपालिका नै सबैभन्दा बढी खटिनुपर्ने हुन्छ । तर, यस्तो बेला पनि ‘केटो’ भने महानगरमा छैन । सुनिन्छ, दिल्लीतिर छन् रे !

यसपालिको इन्द्रजात्रामा भीडमा बसेर ‘बालेन ! बालेन !!’ भनेर कराउने जति सबैलाई समातेर जाक्ने तयारी भएको थाहा पाएपछि ‘केटो’ बेपत्ता भएको देखिन्छ । जुन ठाउँमा आफ्नो जय जयकार हुँदैन त्यहाँ किन बस्ने ?

नेपालको ‘केटो’ को चकचक देखेर प्रधानमन्त्रीसमेत कायल छन् । कहिले के भन्या छ, कहिले के भन्या छ । प्रधानमन्त्रीलाई हैरान बनाउने कुनै पनि कसर ‘केटो’ ले बाँकी राखेको छैन । त्यही भएर अस्ति प्रधानमन्त्रीले बोलिहाल्नुभयो– केटो बडो चकचके छ !

प्रधानमन्त्रीले यति बोलेपछि ‘केटो’ लाई के चाहियो ? उसले चाहेकै यही थियो कि आफ्नो बारेमा प्रधानमन्त्रीले केही बोलुन् । प्रधानमन्त्रीले बोलेपछि न आफ्नो पनि कद बढ्ने हो । प्रधानमन्त्रीको यो भनाइलाई दिल्लीमा बसेर पो जवाफ दिने हुन् कि अब ‘केटो’ले ?

टिप्पणीहरू