लुम्बिनी

यौटा मन्त्रालयमा एस र स्वतन्त्रको आलोपालो

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । उनले दिउँसो पौने २ बजे शपथ गर्ने र पाँँच सदस्यीय मन्त्रिमण्डल बनाई एक सातापछि विस्तार गर्ने योजना छ । नेपाली काँग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा अस्ति नियुक्त भएका हुन् । हिजो दिनभरको रस्साकस्सीपछि मन्त्रालय भागबण्डामा लगभग सहमति जुटेको बुझिएको छ । माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन,एमालेले पाँच,जनता समाजवादी पार्टीले दुई मन्त्राल…