शहरभित्र

प्रसाईंले बजाएको घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले घण्टी बजिरहेको छ । घण्टी भनेको अर्काको घरमा गएर बजाउनु र आफ्नै घरभित्र बजाउनुको अर्थ के हुन्छ भन्ने कुरा अहिले थाहा भयो होला ।  एक दिन मेडिकल डन दुर्गा प्रसाईंको मोबाइलमा घण्टी बज्छ । घण्टी बजाउने मान्छेचाहिँ घण्टी पार्टीका सांसद डा. ढाकाप्रसाद श्रेष्ठ रहेछन् । हुन त उनले प्रसाईंसँग सहयोग माग्न मोबाइलको घण्टी बजाएका थिए । त्यो पनि सामान्य सहयोग हो । जसरी हुन्छ दुई करोड रुपैयाँ सहयोग गर्ने । त्यो दुई करोड भनेको यस्तो हो, जुन बुझाएपछि स्वास्…