यताका हनुमानहरू

यताका हनुमानहरू

भारतको अयोध्यामा हालै रामको एउटा ठूलो मन्दिर उद्घाटन भएको छ । मन्दिर ठूलै थियो ।

तर भारतमा जतिसुकै ठूलो मन्दिर उद्घाटन भए पनि त्यो हाम्रो लागि कुनै ठूलो कुरा होइन । किनभने मन्दिर नेपालमा नभएको वस्तु होइन । अझ नेपाल त मन्दिरै मन्दिरको देश हो ।

तर आजसम्म नेपालको कुनै एउटा जिल्लामा मन्दिर बन्दा अर्को जिल्लामा दिपावली भएको हामीलाई थाहा छैन । अहिले भारतको अयोध्यामा मन्दिर बन्दा काठमाडौंको मखन टोलमा समेत दिपावली चल्यो । यो पो अनौठो कुरा भयो ।

राम मन्दिर बनाउन भारतका प्रधानमन्त्री ११ दिन उपवास बसे भनेर यता तारिफ भइरहेको छ । दुर्गम जिल्लामा अस्पताल बनाउनुप¥यो भनेर गोविन्द केसी २२ दिनसम्म उपवास बस्दाचाहिँ तारिफ भयो त ?

मलाई त यस्तो लाग्यो, रामको मन्दिर भारतमा बन्यो, हनुमानहरुचाहिँ नेपालमा उफ्रिरहेका छन् । नेपालमा अस्ति मात्रै काष्ठमण्डप बन्दा कतै दिपावली भयो ? रानी पोखरी बन्दा कतै दीपावली भयो ? अनि राम मन्दिर बन्दाचाहिँ दीपावली ? 
 

टिप्पणीहरू