धनगढीको सट्याकसुटुक काम, स्वस्तिकलाई आराम
टेकसिंह धामी
एक बिरामीको उपचारकै क्रममा मृत्यु भएको घटनाले विवादमा परेको धनगढीको स्वस्तिक अस्पताल अर्को लफडामा फसेको छ । बिना अनुमति अस्पताल संचालन गरेको तथ्य भेटिएपछि सो अस्पताल थप अप्ठेरोमा परेको हो ।
घटनापछि भदौ २६ गते जिल्ला प्रशासन कार्यालय कैलालीसहितको टोलीले अनुगमन गर्दा अनधिकृत रुपमा अस्पताल सञ्चालनमा गरेको पाइएपछि बन्द गरिएको थियो । हिजो बुधबार दिनभर अस्पताल बन्द रह्यो ।
तर, बन्द भएको केही समयमै धनगढी उपमहानगरपालिकाले सट्याकसुटुक एक वर्ष…