कालाेमाेसाे दलेपछि डडेल्धुरा अस्पतालका सेवा ठप्प
डडेल्धुरा अस्पतालले आकस्मिकबाहेकको सेवा बन्द गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार गर्नेलाई कारबाही नभएसम्मका लागि अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्दको घोषणा गरिएको हो ।
समितिले आज विज्ञप्ति जारी गर्दै भोलिदेखि आकस्मिकबाहेकको सेवा बन्द गरिने जानकारी दिएको छ । ‘दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरी भोलि मिति २०८२–०९–२४ गतेदेखि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक अन्य सेवा पूर्ण रुपमा बन्द हुने...’,विज्ञप्तिमा उल्लेख छ ।
नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठन नेपालले आज कार्यकक्षमै ओझामाथि कालोमोसो दलेको थियो । अस्पताललाई भ्रष्टाचार र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै कालोमोसो दलेर भौतिक कारबाही गरिएको संगठनले बताएको छ ।

टिप्पणीहरू