रविका दाइ र मुकुल दुबै असन्तुष्ट
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित मुकुल ढकाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग असन्तुष्ट बनेको समूह एकैठाउँमा आएका छन् ।
‘लौरो अभियान’ले अहिले बुद्धनगरस्थित एक ब्यांक्वैटमा स्वतन्त्र युवाहरुको भेला गरिरहेको छ । भेलामा ढकालदेखि बालेनसँग असन्तुष्ट युवा समूह र रास्वपा सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेसम्मको उपस्थिति छ ।
बालेनले अघिल्लो साता रविसँग सात बुँदे सम्झौता गरेका थिए । उक्त एकताप्रति असन्तुष्टी जनाउँदै आएको विनोद बजगाईँको समूहले छुट्टै अभियान चलाउने तयारी गरेको बताइन्छ ।
टिप्पणीहरू