इलामको सन्देश

इलामको सन्देश

इलाममा घण्टी नबजेकै देखियो । चुनावभरि खुब टिनटिन आवाज आइरहेको थियो । तर त्यो घण्टीको आवाज होइन रहेछ भन्ने कुरा अहिले आएर थाहा भयो । त्यो वास्तवमा ‘घण्टा’ को आवाज रहेछ । जे होस्, इलाममा पनि घण्टाको आवाजलाई घण्टीको आवाज भनी झुक्याउन त्यस पार्टीका नेताहरू सफल भएका छन् । 

चुनाव सकियो, अब चुनावको विश्लेषण आउँछ होला– इलामको चुनावलाई कसरी बुझ्ने ? कसरी बुझ्ने ? चुनावलाई विभिन्न पार्टीले विभिन्न प्रकारले बुझ्न सक्छन् । जस्तो :

एमालेले बुझ्ने– आऽऽ इलाममा बाउपछि छोरा, छोरापछि नाति उठाए नि जितिन्छ भन्ने थाहा भयो । अब भविष्यमा पनि यस्तै गरिन्छ हाउ ।

कांग्रेसले बुझ्ने– हैट ! कम्युनिष्ट भए पनि माउवादीसँग गठबन्धन त बनाउनै पर्ने रहेछ । गठबन्धन नभएपछि त खत्तमै हुने रहेछ नि ! बुझ्या हो ए ?

रास्वपाले बुझ्ने– सहकारीको पैसा चुक्ता नगरेसम्म चुनावमा पार लाग्ला जस्तो देखिएन है गाँठे । जता गए पनि सहकारीकै मात्र कुरा छ । चुनावको नतिजाले सहकारीको पैसा तिर्नैपर्छ भन्ने सन्देश दिएको छ । 

मुढाले बुझ्ने– जे होस्, अब मुढावालाहरू पनि इलाममा मजाले बस्न पाइने भयो भन्ने सन्देश दिएको छ । मुढाको काम बसाउने हो । अब बस्न पाइने भयो । 
 

टिप्पणीहरू