रविविरुद्ध पासपोर्ट दुरुपयोगको रिटमा अदालतको यो आदेश

रविविरुद्ध पासपोर्ट दुरुपयोगको रिटमा अदालतको यो आदेश
सुन्नुहोस्

सहकारी ठगी काण्ड,राहदानी दुरुपयोग,सम्पत्ति शुध्दिकरण र नागरिकतालगायत ४ वटा बिषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सिन्धुलीका युवराज सफलले दर्ता गर्न लगेको रिट १४ गते सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदिएका थिए । त्यसविरुद्ध परेको अर्को निवेदनलाई इजलासमा राखेर न्यायाधीश टेकप्रसाद ढुंगानाले १८ गते कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन् । 

युवराजले गृहमन्त्री लामिछानेलाई पदमुक्त गरी सहकारी ठगीबारे छानबिन गर्न परमादेशको माग राखेर रिट दर्ता गराउन खोजेका थिए । तर,सर्वोच्च प्रशासनले रिट दर्तायोग्य नरहेको जिकिरसहित खारेज गरिदिएपछि उनले त्यसविरुद्ध अर्को निवेदन दिएका हुन् । अन्तत: सर्वोच्चले कैफियत प्रतिवेदन मागेसँगै सहकारी ठगीको मुद्दाले कानुनी बाटो समातेको छ ।  

"सहकारी ठगी काण्ड,राहदानी दुरुपयोग,सम्पत्ति शुध्दिकरण र नागरिकतालगायत ४ वटा बिषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।"

स्मरण रहोस्,यसअघि किर्ते राहदानी र नागरिकता प्रकरणमा पनि लामिछानेविरुद्ध युवराजले पेश गरेका रिटमा सर्वोच्च प्रशासनले शुरुवातमा यस्तै रवैया देखाएको थियो । त्यतिबेला नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले लामिछाने सांसद रहन अयोग्य रहेको जिकिरसहितको रिट यस्तै प्रक्रियाबाट दर्ता भएको थियो । 

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नागरिकता प्रकरणमा लामिछानेलाई दोषी ठहर्याएपछि उनले गृहमन्त्री र सांसद पद गुमाउनुपरेको थियो । राहदानी दुरुपयोगको मुद्दामा भने जेठ २९ गतेलाई पेशी चढेको छ ।

टिप्पणीहरू