टिकटके पत्र

टिकटके पत्र

नेपालमा प्रतिबन्धित टिकटकले आफ्नो प्रतिबन्ध फुकुवा गराइदिन नेपाल सरकारलाई अनुरोध गरेको छ । एउटा पत्र लेख्दै टिकटकले आफू बरु नेपाल सरकारको सबै शर्त मान्न तयार छु तर प्रतिबन्धचाहिँ फुकुवा गरिदिनुप¥यो भनेर अनुरोध गरेको रहेछ । 

टिकटक जति छाडा छ नि, टिकटकले पठाएको पत्रचाहिँ त्यस्तो छाडा रहेनछ । बडो सालिन देखिन्छ । सञ्चारमन्त्री रेखा शर्माको मन पग्लिन बेर छैन । देशमा महिला सञ्चारमन्त्री भएकै मौका पारेर टिकटकले यस्तो मायालु पाराको पत्र पठाएको हुनुपर्छ । 

तर, टिकटकले जुन व्यहोरा हालेर पत्र पठाएको छ त्यो देख्दाचाहिँ यस्तो लाग्छ कि टिकटकले नेपालमा आफू चल्नलाई होइन नचल्नलाई यो प्रयास गरेको हो । पत्रमा भनिएको छ, नेपाल सरकारले बनाएको सम्पूर्ण शर्त मान्न तयार छौँ । नेपाल सरकारले बनाउने त्यो जम्मै शर्त मान्ने हो भने नेपालमा यो टिकटक भन्ने साधन प्रयोग गर्छचाहिँ कसले ? न यसमा अश्लील चलचित्र आउँछ, न छाडा बोलेको आउँछ, न गाली गरेको आउँछ, न नेतालाई हेपेको आउँछ, न ठोकेको आउँछ, न टोकेको आउँछ... यस्तो केही पनि नआउने हो भने यो टिकटक हेर्छ कसले ? चलाउँछ कसले ? यो त कसैले पनि चलाउँदैन । अनि यो चलाउनै नसक्ने खालको शर्त पालना गर्छु भनेर टिकटकले किन पत्र पठाएको होला ?
 

टिप्पणीहरू