डिएसपी तानिनुमा जँड्याहाको हात ?

डिएसपी तानिनुमा जँड्याहाको हात ?

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी गौरव महतको छ महिना नपुग्दै सरुवा भएको छ । सोमबार रमाना लिनुअघि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा तल्लो दर्जाका कर्मचारीहरूसँग आफ्नो सरुवा स्थानीय बदमासहरुले गराएको बताएका थिए ।

छ महिनाअघि कमाण्ड सम्हाल्न पुगेका महतको कार्यकालमा चन्द्रनिगाहपुर एरियामा उल्लेख्य काम नभएको स्थानीयझैँ प्रहरीहरु पनि बताउँछन् । नगर क्षेत्रमा लागूऔषध कारोबार बढेको,दिउँसै मोटरसाइकल चोरीका घटनामा बढोत्तरी आएकाले पनि उनको आलोचना गरिएको बताइन्छ ।

‘यसअघिका डिएसपीहरूले जँड्याहाहरुलाई कार्यकक्षमै मदिरापान गराएर गाडीमा घर पुर्याउँथे तर मैले त्यसो गरिनँ ।"

इलाका प्रहरी कार्यालयको माथिल्लो तलामा स्थित कार्यकक्षबाट मुश्किलले तल झर्ने गरेका उनको कार्यकालमा नगर क्षेत्रमा अपराध बढेको तथ्याङ्कले देखाएको छ । यीलगायत कतिपय विषय प्रहरीको माथिल्लो तहमा गुनासोको रुपमा पुगेपछि महतका व्यवहार जनमैत्री अनुकूल नभएको निश्कर्ष छ ।

सोमबार रमाना लिएर हिँडेका उनले भने यो सरुवामा स्थानीय जँड्याहाको हात रहेको दाबी गरेका छन् । डिएसपी महतले भने, ‘यसअघिका डिएसपीहरूले जँड्याहाहरुलाई कार्यकक्षमै मदिरापान गराएर गाडीमा घर पुर्याउँथे तर मैले त्यसो गरिनँ ।"

‘प्रहरी मेरो साथी’ भन्ने नारा विपरित उनले सेवाग्राहीलाई महत्व नदिँदा यो समस्या आएको अनुमान छ । ‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेझैँ नयाँ सरकारमा गृह मन्त्रालयको जिम्मेवारी हेरफेरसङ्गै डिएसपीको सरुवा भएको अवस्था छ ।

 

टिप्पणीहरू