भारतीय राजदूतलाई लिन मान्यज्यू एअरपोर्टमा

भारतीय राजदूतलाई लिन मान्यज्यू एअरपोर्टमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुदूरपश्चिम प्रदेशको डडेलधुरामा विद्यालय उद्घाटन र दार्चुलामा पुल अनुगमन गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आलिताल गाउँपालिका ८,डोलास्थित दुर्गा माविको नवनिर्मित विद्यालय भवनको बुधबार उद्घाटन गर्न उहाँ बुधबार बिहान काठमाडौंबाट धनगढी जानुभएको थियो । धनगढीको होटल रुबसमा खाना खाएर टोली डडेलधुरातिर उक्लिएको बुझिएको छ । राजदूतको स्वागतका लागि राष्ट्रिय सभा सदस्य जगतसिंह पार्की र आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की धनगढी विमानस्थल पुगेका थिए । 

बिहीबार डडेलधुराको नवदुर्गा गाउँपालिका पालिका ३,चेल्पीस्थित नवदुर्गा माविको भवन उद्घाटन गरेपछि राजदूत दार्चुला जानुभयो  । दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गर्दै पुलमाथि राखिएको बैठकमा भारतीय ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो ।

टिप्पणीहरू