मलेसिया हुँदै मस्कोबाट माधव नेपाल फिर्ता

मलेसिया हुँदै मस्कोबाट माधव नेपाल फिर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कनुभएको छ । उहाँ मस्कोमा आयोजित ‘साउथ एशिया इकोनोमिक फोरमको अन्तर्राष्ट्रिय सम्मेलन’ को प्यानल डिस्कसनमा भाग लिन जानुभएको थियो ।

मस्कोमा गत सोमबारदेखि शुक्रबारसम्म रुसी कम्युनिष्ट पार्टीले विश्वका कम्युनिष्ट पार्टीहरुको सम्मेलन आयोजना गरेको थियो । सोही क्रममा आयोजित उक्त प्यानल डिस्कसनमा अध्यक्ष नेपाल सहभागी हुनुभएको हो । सम्मेलनमा नेपाल, चीनलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरु सहभागी भएको बताइन्छ । 

उहाँ मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा गत सोमबार राति क्वालालम्पुर हुँदै मस्को जानुभएको थियो ।

टिप्पणीहरू