काठमाडौं जस्तो काठमाडौं

काठमाडौं जस्तो काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह हरेक दिन केही न केही गरिरहनुपर्ने नेता हुनुहुन्छ । गर्ने काम केही नभए कसैलाई गालीको ट्वीट गरेर भए पनि केही गरेको भान पार्ने उहाँको हबी हो ।

हिजो अस्ति मात्रै उहाँले काठमाडौंको न्युरोडमा राखिएको पार्किङ हटाइदिनुभयो । पार्किङ हटाएपछि बबाल मच्चिएको छ । किन हटाएको यो पार्किङ ?

यसैबीच, कुनै बालेनवादीले भने– तपाईंले युरोपको कोपनहेगन शहर देख्नुभएन ? पार्किङ हटाएर पैदल मार्ग बनाएपछि कस्तो सुन्दर देखियो ? उहाँ काठमाडौंलाई पनि कोपनहेगनजस्तै बनाउँदै हुनुहुन्छ । झस्स सम्झना भयो ।

केही वर्षअघि एउटा नेता आएथ्यो र भन्याथ्यो– काठमाडौंलाई सिंगापुरजस्तो बनाइदिन्छु । त्यस्तै अर्को नेताले भन्याथ्यो– काठमाडौंलाई बैंककजस्तो बनाइदिन्छु । अर्कोले पनि त्यस्तै भन्याथ्यो– काठमाडौंलाई जापानजस्तो बनाइदिन्छु । अहिले मेयर बालेन साह पनि त्यस्तै भन्दै हुनुहुन्छ– काठमाडौंलाई कोपनहेगन बनाइदिन्छु । 

यो बनाइदिन्छु,  त्यो बनाइदिन्छु भन्नेहरू धेरै आए । काठमाडौंलाई काठमाडौंजस्तो नै बनाइदिन्छु भन्नेहरूचाहिँ कोही आएनन् है ? 
 

टिप्पणीहरू