बाँदरले दुःख दिएमा..

बाँदरले दुःख दिएमा..
सुन्नुहोस्

पोखरा महानगरपालिकाले बाँदर नियन्त्रण गर्ने सशक्त कार्यक्रम शुरु गरेको छ ।

महानगरपालिकाका रूखहरू काट्दै ढाल्ने । रूखै नभएपछि बाँदर कसरी आउँछ ? नियन्त्रण भइहाल्यो । वाह ! मेयर साब,  गज्जब आइडिया । बाँदरले दुःख दिने ठाउँ पोखरा मात्र होइन,  अरू पनि धेरै छन् । तर बाँदर नियन्त्रण गर्ने यति उपाय पनि हामीलाई थाहा भएन ।

हत्तेरी ! पोखराले ल्याएको यही उपाय अब अन्य विकृति नियन्त्रणका लागि पनि अवलम्बन गर्न सकिन्छ । जस्तो हत्या नियन्त्रण गर्न बजारमा खुकुरी,  चक्कु,  छुरीजस्ता सम्पूर्ण धारिला घरेलु हतियार बिक्री वितरण बन्द गर्ने ।

आत्महत्या नियन्त्रण गर्न घरमा सिलिङ फ्यान राख्न प्रतिबन्ध गर्ने,  अग्लो घरमा झ्याल भनेकै राख्न नदिने, राखेमा नक्सा पास नगर्ने,  दुर्घटना नियन्त्रण गर्न सडकमा गाडी नै गुड्न नदिने,  मान्छेलाई पैदलै हिँडाउने,  चोरी र लुटपाट नियन्त्रण गर्न मान्छेलाई गरगहना भनेकै लगाउन नदिने,  बलात्कार नियन्त्रण गर्न महिलालाई घरबाट बाहिर पाइलै राख्न नदिने ।

आदि–आदि । यदि, हामीले यति गर्न सके यसबाट हुन सक्ने चोरी,  लुटपाट,  हत्या,  बलात्कारजस्ता काम त चुट्कीभरमै नियन्त्रण गर्न सकिने रहेछ । क्या आइडिया ! 
 

टिप्पणीहरू