मेलम्ची र पानी

मेलम्ची र पानी
सुन्नुहोस्

आखिर अख्तियारले मेलम्चीको फाइल पनि खोलेछ । फाइल खोलेपछि पो थाहा भयो, मेलम्चीमा अनेक किसिमका मान्छेको अनेक काण्ड जोडिएको रहेछ । नेपाल सरकारका चर्चित–चर्चित सचिवहरूसमेत यसमा मुछिएका रहेछन् ।

वास्तवमा यत्तिका वर्षसम्म धारामा मेलम्चीको पानी किन आएन भन्ने कुरा त अहिले आएर पो थाहा भयो । मेलम्चीमा जति पानी बग्ने हो नि, त्योभन्दा बढी त पैसा बगेको रहेछ । अनि मेलम्चीमा बग्ने पैसाचाहिँ जनताको धारामा होइन, उहाँ सचिवज्यूहरूको धारामा आउने रहेछ । यसो अनुमान गरी हेर्दा अनौठो लाग्छ । मेलम्ची मूलतः काठमाडौंका जनतालाई पानी खुवाउने भनेर ल्याइएको परियोजना हो ।

तर, जनतालाई पानी खुवाउँछु भनेर ल्याइएको परियोजनाले पानी मात्र होइन अरू पनि धेरै कुरा खुवाएको रहेछ । मेलम्चीले अहिलेसम्म साँच्चै पानी त खुवाउन सकेकै छैन । तर, पानी नखुवाए पनि परियोजनाका प्रमुखलाई अरू धेरै कुराचाहिँ सस्वाद खुवाइसकेको रहेछ । यसैबाट थाहा हुन्छ, मेलम्ची वास्तवमा पानी खुवाउन ल्याइएको योजनै होइन । पानीको नाममा अर्कै कुरा खुवाउने योजना हो ।

अतः मेलम्चीले पानी खुवाउनुभन्दा अघि नै धेरैलाई धेरै कुरा खुवाइसकेकोले पानी त बहाना मात्रै हो । साँच्चै खुवाउने त अर्कै थोक रहेछ । कसले के–के कति कति खाएको छ, त्यो अब थाहा हुन्छ होला । 
 

टिप्पणीहरू