पार्किङ उद्घाटन

पार्किङ उद्घाटन

काठमाडौंको धरहरामा काठमाडौं महानगरपालिकाले शुरु गरेको निःशुल्क पार्किङ तुरुन्त हटा भनेर शहरी विकास मन्त्रालयबाट चिट्ठी गएपछि काठमाडौंका मेयर बालेन साहले फेरि आगो बालेका छन् । उसै पनि उनी टाइम टाइममा फेसबुकतिर आगो बालिरहेकै हुन्छन् ।

अहिले मौका पाएको बेला नबाल्ने कुरै भएन । मन्त्रालयले भनेछ कि बनाउनै नसकिएको ठाउँमा पार्किङ गराउनु भएन । त्यसमा उहाँले प्रश्न राख्नुभयो– साढे दुई वर्षअघि ओलीले यसको उद्घाटन गरेको होइन ? त्यतिबेला उद्घाटन गरेको धरहरा अहिले बनाउनै सकिएको छैन भन्न मिल्छ ? बनाउन नसकेको भए उद्घाटनचाहिँ किन गरेको त ?

प्रश्न त राम्रै हो । तर यसमा कुरा नबुझेको चाहिँ राम्रो भएन । किनभने कुनै पनि स्मारक उद्घाटन हुँदैमा बनाउन सकियो भन्ने हुँदैन । उद्घाटन त फेरि हुन्छ नि । ओलीको उद्घाटन सकियो, अब प्रचण्डको पालो आउँछ । प्रचण्डको सकिए पछि शेरबहादुर देउवाको उद्घाटन गर्ने पालो आउँछ ।

प्रधानमन्त्रीहरूको उद्घाटन गर्ने पालो सकिएपछि मन्त्रीहरूको आउँछ । उद्घाटन भनेको एकचोटि गरेर पुग्छ र भन्या ? त्यो त भइरहन्छ । त्यसैले ओलीले उद्घाटन गरिसक्या भन्दैमा त्यो सकिएको हुँदैन । अर्को उद्घाटन त बाँकी नै छ । कुरा बुझ्नुभएन ?
 

टिप्पणीहरू