एकल खेमाको मारमुंग्री

एकल खेमाको मारमुंग्री

एमालेको धादिङ अधिवेशनमा मजा नै भएछ । मजा मात्र के कुटाकुट नै भएछ । मारमुंग्री भएछ । मारमुंग्री भएपछि कार्यकर्ताहरू अधिवेशन छोडेर काठमाडौं आएछन् । एमालेमा यस्तो भागाभागको अवस्था पहिला कहिल्यै आएको थिएन । अहिले आएछ । 

जहाँसुकै होस्, मारमुंग्री र कुटाकुट हुन त कमसेकम पनि दुइटा पक्ष चाहिन्छ । एउटा हान्ने, अर्को खाने । दुई पक्षको यो सन्तुलन भएपछि न मारमुंग्री हुन्छ भन्ने नभए कसरी हुन्छ ? तर एमालेमा अहिले त त्यस्तो दुइटा पक्ष भनेको कुरा नै छैन ।

अहिले एमालेमा बाँकी भएको एक मात्रै पक्ष भनेको केपी ओली पक्ष मात्रै हो । अरु पक्षहरू त अर्कैतिर लागिसके । तर पार्टीमा ओलीको एउटै पक्ष मात्र बाँकी रहँदा पनि यो मारमुंग्रीचाहिँ कसरी भयो ? के एउटै पक्षबीच पनि यस्तो मारमुंग्री चल्न सम्भव छ ? यदि सम्भव छ भने यो त संसारकै लागि नयाँ विषय भयो । राजनीतिमा एउटै खेमा, एउटै गुट, एउटै लबीका कार्यकर्ताबीच पनि घमासान हुन सक्ने रहेछ ।

अरुतिर नभए पनि नेपालको एमाले नामक पार्टीमा चाहिँ हुने रहेछ । अरु एउटै बीच पनि यस्तो मारमुंग्री चल्छ भने एमालेको अन्य खेमाले पार्टी छाडेर जानुको अर्थ नै के रह्यो त ? होइन र ?
 

टिप्पणीहरू