रास्वपाको सहकारी प्रतिवेदन

रास्वपाको सहकारी प्रतिवेदन
सुन्नुहोस्

अर्थशास्त्रका जिनियस डा. स्वर्णिम वाग्लेलाई रास्वपाले सहकारी संकट कसरी समाधान गर्ने भन्ने प्रतिवेदन लेख्न लगाएको रहेछ । डा. वाग्लेले लेखेको प्रतिवेदन हिजो प्रधानमन्त्रीलाई बुझाइ सकिएको छ । सहकारी संकटबारे रास्वपाको प्रतिवेदन ! सुन्दा अनौठो लाग्छ । तर अनौठो मान्नुपर्ने कुरा चाहिँ छैन । किनभने सहकारीमा कसरी संकट आउँछ भन्ने कुरा रास्वपालाई जति अरू कसलाई थाहा होला र ? रास्वपाको यो प्रतिवेदन तथ्य मात्र होइन, अनुभवमा पनि आधारित हुनुपर्छ । 

अब सायद रास्वपाले यसपछि नेपाली नागरिकता त्यागिसकेपछि पुनः कसरी ग्रहण गर्ने भन्ने अर्को प्रतिवेदन पनि तयार गर्छ होला । त्यो पनि रास्वपालाई जति अरूलाई थाहा नहुने विषय हो । त्यस्तै एकपछि अर्की श्रीमतीहरू फेर्दै जाँदा अपनाउनुपर्ने सावधानी भन्ने तेस्रो प्रतिवेदन पनि रास्वपाबाट आउँछ होला । यसमा पनि रास्वपाले विशेषता नै हासिल गरेको तथ्य स्पष्टै छ । 

यसै क्रममा बरु दुर्गा प्रसाईँले ‘बैंकको कर्जा संकट कसरी टार्ने ?’ भन्ने अर्को प्रतिवेदन तयार गरे भनेचाहिँ बरु बिचार गर्नुपर्ला । किनभने रास्वपाले जे ग¥यो प्रसाईंले पनि त्यही त गर्नुभएन नि ! यसमा त नातावाद, क्रिपावादको दोष लाग्न सक्छ । 
 

टिप्पणीहरू