एकातिर श्रीमती, अर्कोतिर मिडिया

एकातिर श्रीमती, अर्कोतिर मिडिया

वैज्ञानिक नेता श्री सीके राउत यतिबेला पारिवारिक झमेलामा फस्नुभएको छ । श्रीमतीले दुःख दिइन् भन्ने उहाँको गुनासो त थियो नै, त्यसमाथि मिडियाले पनि उत्तिकै दुःख दिइरहेका छन् । त्यसैले उहाँले श्रीमती र मिडिया दुबैलाई एकसाथ प्रहार गर्नुभएको छ । उहाँको यो प्रहार देखेर कोही–कोही त यसो पनि भनिरहेका छन् – यो सीके राउत वास्तवमै सीके राउत हो कि ‘पीके’ राउत हो ? यस्तो गतिविधि कतै उहाँ पिएर त गरिरहनुभएको छैन ?

शायद उहाँ पीके राउतचाहिँ होइन होला । किनभने उहाँ पिउनुहुन्न । उहाँको एउटै मात्र खराब बानी भनेको ओशोको आश्रममा जानु हो । सबैलाई थाहा भएकै कुरा हो, भगवान् ओशो ‘सम्भोग से समाधि की ओर’ पुस्तकका लेखक हुन् । जो यो भगवान्को आश्रममा छिर्छ उसको घरमा पारिवारिक झन्झट उत्पन्न हुनु स्वाभाविकै हो । सीके राउतको घरमा पनि भएको यही हुनुपर्छ ।

एकातिर श्री ओशो, अर्कोतिर श्रीमती । यो दुवैमा सन्तुलन मिलाउन त गाह्रो पो छ । घर चलाउनु भनेको थोडै सरकार चलाउनु जस्तो हो र भाइ आफूलाई जे मन लाग्यो त्यही गर्नलाई ! गाह्रो छ नेताजी । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू