समानुपातिक उम्मेदवारमा रास्वपाको ‘टाइमलाइन’

समानुपातिक उम्मेदवारमा रास्वपाको ‘टाइमलाइन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनौट प्रक्रियाको विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ । रास्वपाले समानुपातिक उम्मेदवार छनौटका निम्ति पुस ३ गतेदेखि १४ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । 

जसअनुसार पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । सोही दिन वा भोलिपल्ट उम्मेदवारउपर दाबी विरोध गर्न सकिनेछ । त्यस्तै, पुस ५ गते उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशन गरिनेछ । 

पुस ६ गतेदेखि ११ गतेसम्म लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मापन गर्ने, पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन र १४ गते नतिजा प्रकाशन गर्ने रास्वपाको तालिका छ । उम्मेदवार छनौटमा पारदर्शी विधि अपनाउन ‘टाइमलाइन’ सार्वजनिक गरिएको रास्वपाले जनाएको छ ।

टिप्पणीहरू