भृकुटीमण्डमा मुख्यमन्त्रीकी छोरीलाई ‘नो इन्ट्री’, रात परेपछि मतदान

भृकुटीमण्डमा मुख्यमन्त्रीकी छोरीलाई ‘नो इन्ट्री’, रात परेपछि मतदान

कर्णाली प्रदेशकी मुख्यमन्त्री यामलाल कँडेलकी छोरीलाई भृकुटीमण्डमा रोक लगाइएको छ । ‘मुख्यमन्त्रीकाे छोरी हुँ’ भन्दै पार्टीको जारी महाधिवेशनस्थलमा छिर्न खोजेकी उनलाई गेटबाटै फर्काइएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेद्वारी दिएका कँडेलकी छोरी बन्दसत्रस्थलमा छिर्न खोजेकी थिइन् । तर, गेटमा उभिएका महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले ‘यहाँ मुख्यमन्त्रीको छोरी भन्ने चल्दैन’ भन्दै प्रतिनिधिबाहेक अरु छिर्न नपाइने बताएका थिए । त्यसपछि कँडेलकी छोरी निन्यारो अनुहारसहित फर्किएको प्रत्यक्षदर्शी एक नेताले जानकारी दिए । उनका अनुसार साे क्रममा एकछिन राेचक दृश्य देखिएकाे थियाे । 

यसैबीच ४ बजदेखि सुरु हुने भनिएको मतदान अब साँझ साढे ७ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका संशोधन गर्दै राती १ बजेसम्म मतदान हुने जानकारी गराएको हो । 

अध्यक्षमा दावी गर्दै आएका केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेपछि नेताहरु तानातानमा परेका छन् । अहिले बन्दसत्रस्थलमा नेताहरु प्रचार प्रसारमा व्यस्त छन् ।

टिप्पणीहरू