शहरभित्र

युवा नेताको युवा काण्ड

युवा संघका जुझारु नेता महेश बस्नेतको नयाँ काण्ड सार्वजनिक भएको छ । उहाँको बारे नयाँ काण्ड मिडियाभरि चर्चा छ । उहाँ यदि साहित्यकार हुनुभएको भए नयाँ पुस्तक सार्वजनिक हुने थियो । कलाकार हुनुभएको भए नयाँ एल्बम सार्वजनिक हुने थियो । निर्माता हुनुभएको भए नयाँ फिल्म सार्वजनिक हुने थियो । उहाँ पर्नुभयो युवा नेता । अब एउटा युवा नेताको सार्वजनिक हुने कुरा भनेको यही त हो नि ! योभन्दा बाहेक अर्को के सार्वजनिक हुन्थ्यो ? युवा नेताको कुनै महिलासँग ‘अवैध’ सम्बन्ध …