खोइ बालेन ?

काठमाडौंको मेयर साब श्री बालेन्द्र साह यतिबेला बेपत्ता हुनुहुन्छ । सामाजिक सञ्जालमा पनि त्यतिबिधि देखिनुहुन्न ।
अख्तियारबाट चिठ्ठी आएको आयै छ, बुझ्नुभयो कि बुझ्नु भएन थाहा भएन । केपी ओलीसँग टक्कर लिँदा के हुन्छ, अहिले थाहा भयो होला नि ! खुरुक्क ओलीले दिएको तबला बजाएर बसेको भए केही हुँदैन थियो । तर साहजी केपी ओलीको तबला बजाउन छोडेर केपी ओलीको टाउको बजाउनतिर लाग्नुभयो । नतिजा देखिहाल्नुभयो ।
बालेनलाई सडकमा र सामाजिक सञ्जालमा नदेखेपछि मान्छेले सोध्ने भइहाले । मेरै टोलका छिमेकीहरू पनि अस्ति यही कुरा गर्दै थिए । एउटाले सोध्यो– अरे ब्रो ! आजभोलि बालेन ब्रो त देखिँदैनन् नि । कता गए ?
यस्तैमा अर्कोले भन्यो– त्यसो भए एउटा गीत सुनिहालौं न ।
गाँजा धतुर खाँ !
खोइ मेरो गाँजा ?
बालेनले लग्यो !
खोइ बालेन ?
दुलोभित्र पस्यो ।
खोइ दुलो ?
टुकुचाले बगायो ।
खोइ टुकुचा ?
बाग्मती सुऽऽऽक्यो !
टिप्पणीहरू