यस्तो बन्यो 'टिम ओली'
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी चयन गरेकाे छ । आज दिउँसो सम्पन्न मतगणनापछि १९ जना पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्य चयन भएका हुन् ।
ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा होमिएका थिए । त्यसमा अधिकांश ओली प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । उपाध्यक्षमा ओली प्यानलबाट विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त निर्वाचित हुँदा पोखरेल प्यानलबाट गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भए । प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराउँदै उनी १२२८ मतसहित महासचिवमा निर्वाचित भएका हुन् । तीन उपमहासचिवमा पनि ओली समूहका दुई उम्मेद्वार विजयी बनेका छन् । ओली प्यानलबाट उम्मेद्वारी दिएका लेखराज भट्ट र रघुविर महासेठ निर्वाचित हुँदा पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भए ।
नौ जना सचिवमा समेत सबै ओली प्यानलकै उम्मेद्वारहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा महेश बस्नेत, पद्मा अर्याल, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की भानुभक्त ढकाल छन् ।
त्यस्तै, केन्द्रीय सदस्यहरुमा पनि अधिकांश ओली प्यानलका उम्मेद्वार निर्वाचित भएको देखिन्छ
टिप्पणीहरू