बाबु बन्न लागेकोमा एमालेका शेरलाई बधाई
नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राई बाबु बन्दैछन् । ५४ वर्षको उमेर उनले पहिलो सन्तान लाभ गर्न लागेका हुन् ।
पत्नी जाङ्मु शेर्पाले राईलाई एमाले सचिवमा निर्वाचित भएकोमा र बाबु बन्न लागेकोमा एकैचोटी बधाई दिएकी छन् । ‘पार्टीको सचिवजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई’, बेबी बम्पको तस्वीर र प्रेमको इमोजी शेयर गर्दै शेर्पाले लेखेकी छन्, ‘यो खुशीसँगै हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्कनको खबर पनि तपाईंहरूसँग बाँड्न मन लाग्यो ।’
कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले ०७७ माघ ११ गते आफूभन्दा २६ वर्ष कान्छी शेर्पासँग बिहे गरेका थिए । शेर्पा ‘मिस मंगोल नेपाल २०१८’ की विजेता हुन् । उनले मोडलिङमा चासो राख्दै आएकी छन् ।
टिप्पणीहरू