पुरुषमाथि "बलात्कार" गर्ने महिला छुटिन्

पुरुषमाथि "बलात्कार" गर्ने महिला छुटिन्

जबरजस्ती करणी भन्नेबित्तिकै सबैको दिमागमा महिला पीडित र पुरुष पीडक भन्ने ख्याल आउँछ । पुरुषले मात्र महिलामाथि बलात्कार गर्छ भन्ने मानसिकता नेपाली समाजमा छ । तर,स्याङ्जामा महिलाले पुरुषलाई बलात्कार गरेको दुर्लभ  घटना सार्वजनिक भएको छ । 

पुरुषलाई बलात्कार गरेको अभियोगमा एक महिला कारागार चलान भएकी छन् । घटना आजभन्दा २५ वर्षअघि अर्थात २०५७ सालको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका निवासी सावित्री सापकोटाले हाडनाता पर्ने पुरुषलाई जबरजस्ती करणी गरिन् । 

‘चार दिनअघि उहाँ कारागार चलान हुनुभएको थियो । एक रात बसेर तीन दिनअघि छुटिसक्नुभयो । एक दिन प्रक्रिया पुर्याउन लाग्यो । कैद किनेर उहाँ निस्किनुभएको हो ।’

त्यतिबेला उनी २५ वर्ष मात्र पुगेकी थिइन् । जिल्ला अदालत, स्याङ्जाले २०५७ वैशाख २१ गते उनलाई तीन महिना कैद सजायको फैसला सुनायो । फैसलालगत्तै फरार भइन् । लुकीछिपी बस्दै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको टोलीले केही दिनअघि नियन्त्रणमा लियो । 

त्यसपछि अदालतले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार, स्याङ्जा चलान गर्यो । उनी चार दिनअघि कारागार चलान भएकोमा तीन दिनअघि छुटेको जेलर समिर रेग्मीले बताए । कैद किनेर उनी छुटेको रेग्मीले जानकारी दिए । 

जनआस्थासँग भने,‘चार दिनअघि उहाँ कारागार चलान हुनुभएको थियो । एक रात बसेर तीन दिनअघि छुटिसक्नुभयो । एक दिन प्रक्रिया पुर्याउन लाग्यो । कैद किनेर उहाँ निस्किनुभएको हो ।’

टिप्पणीहरू