गृह मोह

अब जति कराए पनि गृहमन्त्री रमेश लेखकको राजीनामा आउँदैन भन्ने कुरा माओवादीले बुझेजस्तो छ । त्यही भएर पूरा अनुहार नभए पनि नाकसम्म छोप्न मिल्ने खालको दुई बुँदे सम्झौता गरेर पन्छियो ।
अनुभवी पार्टी यस्तो हुन्छ । बिचरा रास्वपा पर्यो सिकारु, अझै पनि गृहमन्त्रीको राजीनामा चाहियो भनेर उफ्रि नै रहेको छ । अहिले रास्वपाको बटम लाइन भएको छ गृहमन्त्रीको राजीनामा । रास्वपालाई यतिबेला गृहमन्त्रीको राजीनामाबाहेक अरु केही चाहिएको छैन ।
गृह मन्त्रालयतर्फ रास्वपाको इन्टरेस्ट अनौठो देखिन्छ । जब रास्वपा सरकारमा जान्छ उसलाई गृह मन्त्रालय नै चाहिन्छ । अरु मन्त्रालयले हुँदैन । सरकारमा जाने बेला रास्वपाको बटम लाइन हुन्छ– गृह मन्त्रालय । यो दिने भए सरकारमा जाने, नभए नजाने । अहिले रास्वपा सरकारमा छैन । तैपनि बटम लाइनचाहिँ गृह मन्त्रालय नै छ– गृह मन्त्रालयवाला मन्त्रीले राजीनामा दिने भए दे नभए नाराबाजीले । गृह मन्त्रालयलाई रास्वपाले आफ्नो बपौती नै ठानेको छ कि क्या हो ? सरकारमा गएमा गृह मन्त्रालय देऊ, सरकारमा नगएमा गृहमन्त्रीको राजीनामा लेऊ !
टिप्पणीहरू